सिमलबोट गाउँ । बागलुङको गलकोट नगरपालिका–५ मा अवस्थित सिमलबोट गाउँ। यहाँ मौलिक ढुङ्गेघरको संरक्षणका साथै स्थानीय कला र संस्कृतिको समेत संरक्षण गरिएको छ। तस्बिरः शर्मिला रोका मगर/रासस
भारतबाट सामान बोकेर भित्रिँदै गरेका ट्रक । नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी)मा भारतबाट सामान बोकेर भित्रिँदै गरेका ट्रकहरु । गत वैशाख २४ गतेदेखि एकीकृत जाँच चौकी सञ्चालनमा आएको हो। तस्बिरः रुपनी जिएम / रासस
मालुकाको पात सङ्कलन गरिँदै । घोराही उपमहानगरपालिका–४ गोग्लीका थारु समुदायका महिला दसैँका लागि लमही नगरपालिका–६ को जङ्गलमा मालुकाको पात टिपेर सङ्कलन गर्दै। मालुकाको पातबाट बनाइएका दुना टपरीमा अचार तरकारी र विभिन्न परिकार खानेकुरा राख्ने गरिन्छ। तस्बिरः रञ्जिता अधिकारी/रासस