विभिन्न मुस्लिम संघ, संगठनहरूले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो समुदायबाट एउटा पनि उम्मेदवार नबनाइएको भन्दै आपत्ति जनाएका छन्। मुस्लिम मुक्ति मोर्चा नेपाल, मुस्लिम संघ नेपाल र नेपाल मुस्लिम इत्तेहाद संगठनले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रिय सभा निर्वाचनमा आफ्नो समुदायबाट एक जना पनि उम्मेदवार नबनाएको भन्दै आपत्ति जनाएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै मुस्लिम मुक्ति मोर्चा, नेपालका अध्यक्ष अतहर हुसेन फारूकीले राष्ट्रिय सभामा मुस्लिम समुदायलाई जानबाट बञ्चित गराएर राजनीतिक दलहरुले ठूलो अन्याय गरेको आरोप लगाए।
उनले विशेषाधिकार भित्र मुस्लिम समुदायलाई नपार्ने षडयन्त्र सरकार र राजनीतिक दलहरुबाटै भएको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरे।
राष्ट्रिय सभा निर्वाचनमा ५६ जनाको उम्मेदवारी परेकोमा १ जना पनि मुस्लिम समुदायलाई समावेश नगरिएकोमा मुस्लिम संघ, संगठनको आपत्ति छ। उनीहरुले महिला र दलितलाई जस्तै मुस्लिम समुदायलाई पनि विशेषाधिकार दिनुपर्ने माग सरकारसँग गरेका छन्।
https://www.youtube.com/watch?v=KMvfSVbHSvA