६ नम्बर प्रदेश प्रमुखको कार्यालयले कर्मचारीको अभावमा प्रदेश सभाको मिति तय हुन नसकेको स्पष्ट पारेको छ। रोल...
प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसद सचिवालयका कर्मचारी व्यवस्थापन नभएका कारण प्रदेश सभाको मिति तय हुन नसकेको स्पष्ट पारेका हुन्। शुक्रबार सुर्खेतस्थित आफ्नै कार्यालयमा उनले संचारकर्मीहरुसँग कुरा गर्दै प्रदेश सभाको बैठक संचालनका लागि आवश्यक पर्ने कर्मचारीहरुलाई तत्काल कार्यालय आईपुग्न आफूले ताकेता गरिरहेको जानकारी गराए।
प्रदेश प्रमुख खनालले माघ २१ गते प्रदेशसभा बैठक बोलाउने तयारी भएपनि सूचना टाँस गर्ने कर्मचारी समेत नभएका कारण समस्या हुन गएको पनि स्पष्ट पारे।
सपथ लिएको २० दिन भित्र प्रदेश सभाको पहिलो बैठक बोलाई सक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार पहिलो बैठक जिल्ला समन्वय समितिको हलमा गर्नेगरी तयारी भईरहेको पनि प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
संसद सचिवालयले प्रदेश नम्बर ६ को सचिवालयका लागि अर्थ समितिका सचिव कृष्ण खड्काको नेतृत्वमा ४ जना कर्मचारी खटाइसकेको छ।
उनीहरुले प्रदेश प्रमुखको कार्यालयका कर्मचारीसँग सहकार्य गरेर प्रदेश सभा संचालनका लागि आवश्यक सम्पूर्ण विधि र प्रक्रिया तय गर्ने व्यवस्था पनि मिलाइएको छ।
https://www.youtube.com/watch?v=XiAjG_1-VEU