जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन्। जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो।
जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएकी छन्।
जिसस सदस्यहरूमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन्।