एमबीबीएस भर्नाको लागि मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै सोलिडारिटी फर डा केसी अलायन्सले बढी शुल्क नलिन कलेजहरुलाई ध्यानाकर्षण गराएको छ। बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत सचेत गराएको छ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अलायन्सले नेपालले कुनै पनि बहानामा विद्यार्थीहरु पढ्न नपाए कडा भन्दा कडा आन्दोलन गर्ने बताएको छ। त्यस्तै कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएको छ।
‘यस्तो ठगी गर्ने मेडिकल कलेजहरुलाई कालोबजारी तथा ठगी मुद्दामा तत्काल कारवाही अघि बढाउन हामी सम्बन्धित निकायलाई जोडदार आग्रह गर्दर्छौं। साथै त्यस्तो ठगीको विरोधमा रहेका विद्यार्थीहरुलाई अझै संगठित भएर विरोध गर्न तथा कुनै पनि हालतमा थप अवैध शुल्क नतिर्न आग्रह गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै भर्ना लिएपछि समेत मेडिकल कलेजले पाइला पाइलामा ठगी गर्ने गरेको पाइएकोले निरन्तर त्यसको प्रतिरोध गर्न समेत विद्यार्थीहरु समक्ष आग्रह गर्दर्छौं।’
यस अगाडि समेत मेडिकल कलेजहरुले योग्य विद्यार्थीलाई छाडेर मोलमोलाइका आधारमा कमजोर विद्यार्थी लिने र मनोमानी शुल्क लिने गरेकोमा भन्दै विगतको गल्ती सच्याएर अघि बढ्न भनेको छ।
प्रेस विज्ञप्तिनेपाल सरकारले एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरुको शुल्क तोकेको तथा त्यसलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले कार्यान्वयन गरेको अवस्थामा केही निजी मेडिकल कलेजहरुले अवैध रुपमा थप शुल्क लिएको भन्ने कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।यस्तो ठगी गर्ने मेडिकल कलेजहरुलाई कालोबजारी तथा ठगी मुद्दामा तत्काल कारवाही अघि बढाउन हामी सम्बन्धित निकायलाई जोडदार आग्रह गर्दर्छौं। साथै त्यस्तो ठगीको विरोधमा रहेका विद्यार्थीहरुलाई अझै संगठित भएर विरोध गर्न तथा कुनै पनि हालतमा थप अवैध शुल्क नतिर्न आग्रह गर्दर्छौं। साथै भर्ना लिएपछि समेत मेडिकल कलेजले पाइला पाइलामा ठगी गर्ने गरेको पाइएकोले निरन्तर त्यसको प्रतिरोध गर्न समेत विद्यार्थीहरु समक्ष आग्रह गर्दर्छौं। यस अगाडि समेत मेडिकल कलेजहरुले योग्य विद्यार्थीलाई छाडेर मोलमोलाइका आधारमा कमजोर विद्यार्थी लिने र मनोमानी शुल्क लिने गरेकोमा हाम्रो निरन्तर संघर्ष तथा न्यायिक लडाइँका कारण विद्यार्थीहरुको जीत भएको कुरा स्मरण गराउन चाहन्छौं। अबसमेत यस खालको लडाइँमा हामी निरन्तर सामेल रहने प्रतिबद्धता जनाउन चाहन्छौं। साथै विद्यार्थीहरु एकबद्ध भएर लडेको खण्डमा मेडिकल कलेजहरुले अब बदमासी गर्न नपाउने मात्रै हैन, विगतमा गरेका ठगीका लागि समेत जवाफदेही बनाउन सकिने हाम्रो विश्वास छ।यस अघि काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले मेडिकल माफियासितको मिलेमतोमा सरकारले तोकेभन्दा बढी शुल्क निर्धारण गरेको तथा विराट र नोबेल मेडिकल कलेजले अवैध रुपमा मेडिकल काउन्सिलले दिएकोभन्दा बढी सिटमा भर्ना लिएको विषयमा समेत हाम्रो गम्भीर आपत्ति रहेको छ। त्यस्तो अवैध काममा संलग्न पदाधिकारी तथा मेडिकल कलेजहरुलाई कुनै पनि हालतमा जवाफदेही बनाउन पर्नुका साथै अवैध रुपमा थप सिटमा भर्ना भएका विद्यार्थीहरुलाई लाइसेन्स नदिने भनेर मेडिकल काउन्सिलले सार्वजनिक सुचना निकालिसकेकाले त्यस्ता विद्यार्थी तथा अभिभावकलाई समयमै भर्ना रद्द गर्न आग्रह गर्दर्छौं।साथै पछिल्लो समय त्रिवि पदाधिकारीहरुले आइओएमका डिनको कार्य सम्पादनमा निरन्तर अवरोध गरिरहेको तथा त्यसका लागि आइओएमका कर्मचारीहरु परिचालित गरेकोप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। त्यसले गर्दा आइओएमको कार्य सम्पादन प्रभावित भई संस्था नै अस्तव्यस्त हुने अवस्था सिर्जना भएकाले तत्काल त्यस्तो अवरोध रोकी सहज कार्य सञ्चालनको वातावरण मिलाउन त्रिवि पदाधिकारीहरुको ध्यानाकर्षण गराउन चाहन्छौं। यदि यस्तो अवरोध जारी रहेमा आउन सक्ने परिस्थितिले त्रिवि पदाधिकारीहरु मात्र नभई अहिलेको असहज परिस्थिति उत्पन्न गर्न जिम्मेवार राज्यका विभिन्न अंगका सबै पदाधिकारीहरुलाई जवाफदेही बनाएरै छाड्ने पनि जानकारी गराउन चाहन्छौं।सोलिडारिटी फर डा केसी अलायन्समिति २०७४।१०।१६