हावाहुरीका कारण अवरूद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित भएको छ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरूद्ध हवाई सेवा नियमित भएको जनाएको छ।
हावाहुरीले एक दिन उडान अवरूद्ध भएको थियो।
हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो।
समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन्। सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ।
हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एयरको जहाज फिर्ता भएको थियो। त्यस्तै तारा र समिट एयरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो।