काठमाडौंको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दोङको आज उपचारका क्रममा मृत्यु भएको हो।
काठमाडौं महानगरपालिका–१६ वनस्थली चोकमा बा४ख ५७३९ नंको बस र बा५७प ३४४४ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए।
गम्भीर घाइते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।