एक करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले एक करोड १९ लाख ८४ हजार रूपैयाँ ठगीसम्बन्धी कसुरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले नयाँ बजारबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि शुक्रबारै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको कार्यालयले जनाएको छ।