झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ७४३१ नंको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ठक्कर दिने सवारी चालक झापाको कमल गाउँपालिका–१ का २६ वर्षीय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।