इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन्। सन्दीपसहित ८ खेलाडीले नेपालबाट अक्सनका लागि नाम दर्ता गराए पनि १४औं संस्करणको आइपीएलका लागि हुने अक्सन लिस्टमा सन्दीपको नाम मात्र परेको बिसिसिआईले जनाएको छ।
आगामी १८ फेब्रुअरीमा हुने आइपीएल अक्सनमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गर्दै बीसीसीआईले यसमा नेपालबाट सन्दीप मात्र अटाएको जानकारी दिएको हो। जसमा सन्दीपले आफ्नो मूल्य ४० लाख भारू राखेका छन्।
कूल १ हजार ९७ खेलाडीले नाम दर्ता गराए पनि सहभागि फ्रेन्चाइजले आफ्नो सूची बनाएपछि अक्सनमा २९२ खेलाडी मात्र समावेश हुने भएका छन्। भारतका १६४ र ओभरसिज १२५ खेलाडी अक्सनमा सहभागी हुनेछन्।
एसोसिएटबाट नेपालका सन्दीपसहित ३ खेलाडी छन्। जसमा अमेरिकाका अली खान र युएईका कार्तिक मेइयाप्पन लिस्टमा अटाएका छन् ।
नेपालका ८ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपबाहेक ७ मा सात जना अन्तिम अक्सन लिष्टबाट हटाइएका छन्। दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराको नाम अक्सन लिस्टमा भने अटाएको छैन ।
यसअघिका तीन संस्करण सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर सन् २०२० मा पुरै खेलमा बेन्चमा राखेको दिल्लीले सन्दीपलाई तीन वर्षे सम्झौता अनुसार फुकुवा गरेको थियो ।
अक्सनमा किंग्स एलेभेन पञ्जावले सर्वाधिक ५३.२ करोड भारु खर्च गर्न पाउनेछ। पञ्जावले ९ जना सम्म खेलाडी राख्न सक्नेछ। यस्तै रोएल च्यालेन्जर्स बैंगलोरले सर्वाधिक १३ खेलाडी राख्न पाउनेछ र उसको ३५.९ करोड ब्यालेन्स बाँकी छ।
सनराइजर्स हैदरावादले सबैभन्दा कम ३ खेलाडी मात्र अक्सनबाट लिन सक्नेछ र त्यसमा एक विदेशी खेलाडी लिन पर्नेछ। हैदरावादको १०.७५ करोड बाँकी छ।
यस्तै चेन्नई सुपर किङ्सको १९.९ करोड रकम बाँकी हुँदा ६ जना खेलाडी किन्न सक्छ। जसमा ओभरसिज प्लेयरको स्थान १ छ।
१५.३५ करोड भारू खर्च गर्न पाउने मुम्बई इन्डियन्सले ७ जनासम्म खेलाडी राख्न सक्नेछ।