इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्ग्समा भारतले १९५ रनको अग्रता लिएको छ।
चेन्नईमा भइरहेको खेलमा इंग्ल्यान्ड पहिलो इनिङ्ग्समा १३४ रनमै अलआउट भयो। यसअघि भारतले पहिलो इनिङ्ग्समा ३२९ रन जोडेको थियो।
इंग्ल्यान्डका लागि बेन फोएक्सले सबैभन्दा बढी नटआउट ४२ रन जोडे।
ओली पोपले २२ रन र बेन स्टोक्सले १८ रन जोडे। डोम सिब्लीले १६ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ पेभेलियन फर्के।
इंग्ल्यान्डको इनिङ ध्वस्त पार्ने क्रममा भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिए। इशान्त शर्मा र अक्षर पटेलले २-२ विकेट लिए।
त्यसअघि भारतका लागि रोहित शर्माले शतक प्रहार गरे। उनले १६१ रनको योगदान दिए।
अजिन्का राहाणेले ६७ र रिशव पन्तले नटआउट ५८ रन जोडेका थिए।
बलिङमा इंग्ल्यान्डका मोइन अलीले ४ विकेट हात पारे।