भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ३१७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
चेन्नईमा भएको खेलमा चौथो दिनमै जित निकाल्ने क्रममा भारतले इंग्ल्यान्डलाई दोस्रो इनिङ्ग्समा १६४ रनमै अलआउट गर्यो।
भारतले जित निकालेसँगै सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ। यसअघि पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी भएको थियो।
४८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि दोस्रो इनिङ्ग्समा मोइन अलीले ४३ रन जोडे। कप्तान जोए रुटले ३३ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा भारतका अक्षर पटेलले ५ विकेट हात पारे। रविचन्द्रन आस्विनले ३ विकेट लिदा कुलदिप यादवले २ विकेट लिए।
यसअघि टेस्टको दोस्रो इनिङ्ग्समा भारत २८६ रनमा अलआउट भएसँगै इंग्ल्यान्डले ४८२ रनको लक्ष्य पाएको थियो।
दोस्रो इनिङ्ग्समा भारतका लागि रविचन्द्र आस्विनले शतक प्रहार गरे। उनले १०६ रन बटुले। कप्तान विराट कोहलीले ६२ रनको योगदान दिए।
बलिङमा इंग्ल्यान्डका ज्याक लिस र मोइन अलीले ४-४ विकेट लिए।
पहिलो इनिङ्ग्समा भारतले १९५ रनको अग्रता लिएको थियो।
इंग्ल्यान्ड पहिलो इनिङ्ग्समा १३४ रनमै अलआउट भयो। भारतले पहिलो इनिङ्ग्समा ३२९ रन जोडेको थियो।
इंग्ल्यान्डका लागि बेन फोएक्सले सबैभन्दा बढी नटआउट ४२ रन जोड्दा ओली पोपले २२ रन र बेन स्टोक्सले १८ रन बनाए।
डोम सिब्लीले १६ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ पेभेलियन फर्के।
इंग्ल्यान्डको इनिङ ध्वस्त पार्ने क्रममा भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिए। इशान्त शर्मा र अक्षर पटेलले २-२ विकेट लिए।
भारतका लागि रोहित शर्माले शतक प्रहार गरे। उनले १६१ रनको योगदान दिए।
अजिन्का राहाणेले ६७ र रिशव पन्तले नटआउट ५८ रन जोडेका थिए।
बलिङमा इंग्ल्यान्डका मोइन अलीले ४ विकेट हात पारे।