दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस आइपिएल अक्सन इतिहासको अहिलेसम्मका महँगा खेलाडी बनेका छन्।
सिजन २०२१ का लागि चेन्नईमा भइरहेको मिनि अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा आबद्ध गरेको हो।
यसअघि अक्सनबाट छानिएका महँगा खेलाडी भारतका युवराज सिंह थिए। उनी २०१५ मा दिल्ली क्यापिटल्समा १६ करोडमा आबद्ध भएका थिए।
गत सिजन अस्ट्रेलियाका पाट कमिङ्ग्स महँगो खेलाडी बनेका थिए। उनी सिजन २०२० का लागि १५ करोड ५० लाख भारुमा कोलकता नाइट राइडर्समा आबद्ध भएका थिए।
जारी अक्सनमा अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल पनि महँगोमा बिक्रि भएका छन्। उनलाई रोयल च्यालेन्जर्स बेंग्लोरले १४ करोड २५ करोड भारुमा आबद्ध गरेको छ।
अक्सनमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने पनि छन्। उनको नाम बलर क्याटागोरीमा आउनेछन्।
पहिलो चरणमा बिक्रि भएका खेलाडी
क्रिस मोरिस : राजस्थान रोयल्स (१६.२५ करोड भारु)
स्टिभ स्मिथ : दिल्ली क्यापिटल्स (२.२ करोड भारु)
ग्लेन म्याक्सवेल : रोयल च्यालेन्जर्स बेंग्लोर (१४.२५ करोड भारु)
सकिब अल हसन : कोलकता नाइटराइडर्स (३.२ करोड भारु)
मोइल अली : चेन्नई सुपरकिंग्स (७ करोड भारु)
शिभम् दुबे : राजस्थान रोयल्स (४.४ करोड भारु)
डेभिड मलान : पञ्जाव किंग्स (१.५ करोड भारु)