भारतीय क्रिकेटका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन आइपिएल टिम मुम्बईमा आबद्ध भएका छन्।
१७ वर्षीय अलराउन्डर अर्जुनलाई मुम्बईले बिहीबार भएको अक्सनमा २० लाख भारुमा टिममा आबद्ध गरेको हो। उनी तीब्र बलिङ गर्न माहिर छन्।
गत असरमा उनले इङ्ल्यान्डमा अभ्यासका क्रममा नेट्समा इङ्लिस ब्याट्सम्यान जोनी बेयरस्ट्रोलाई उत्कृष्ट योर्कर बल फ्याँकेका थिए। जसका कारण बेयरस्ट्रो घाइते बन्न पुगेका थिए।
सचिनको लर्ड्समा घर पनि छ। उनी प्रायः लर्डसको ऐतिहासिक मैदानमा अभ्यास गर्दै गरेको देखिने गरेका छन्।
एक वर्षअघि अर्जुन इन्टर जोनल प्रतियोगितामा पश्चिमी क्षेत्रबाट युथ–१६ टिममा छानिएका थिए।
पाकिस्तानका पूर्व चर्चित बलर वासिम अक्रमले पनि अर्जुनलाई बलिङको टिप्स दिइसकेका छन्। अक्रम जस्तै अर्जुन पनि देब्रे हातबाट बलिङ गर्छन्।