इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्ग्समा भारतले पनि खराब ब्याटिङ गरेको छ।
भारत पहिलो इनिङ्ग्समा बिहीबार १४५ रनमा अलआउट भयो। भारतले पछिल्ला ७ विकेट ४७ रन बनाउँदा गुमाएको थियो।
यसअघि इंग्ल्यान्ड ११२ रनमा अलआउट भएको थियो।
पहिलो इनिङ्ग्समा भारतका लागि ओपनर रोहित शर्माले सबैभन्दा बढी ६६ रन जोडे।
विराट कोहली २७ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्के।
बलिङमा इंग्ल्यान्डका जोए रुटले ५ विकेट लिए भने ज्याक लिचले ४ विकेट हात पारे।
बिहीबार नै आफ्नो दोस्रो इनिङ्ग्स सुरु गरेको इंग्ल्यान्डले ३ विकेट गुमाइसकेको छ।
इंग्ल्यान्डका सुरुवाती तीन ब्याट्सम्यानहरू क्रोली शून्य, डोम सिब्ली ७ रन र जोनी बायस्टो शून्यमा आउट भए।
क्रोली दोस्रो इनिङग्सको पहिलो बलमै आउट हुँदा बायस्टो तेस्रो बलमा आउट भएका थिए।
तीनै जनाको विकेट अक्षर पटेलले लिए।