भारतीय क्रिकेटर युसुफ पठानले सबै खाले क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
अलराउन्डर पठानले शुक्रबार ट्विटमार्फत क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
उनले भारतबाट दुई वटा विश्वकप जित्न पाउनु र विश्वकप जितेपछि सचिन तेन्दुल्करई काँधमा बोकेर उठाउनु पाउनु क्रिकेट करिअरको उपलब्धि भएको बताएका छन्।
भारतले २००७ मा टी-२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्दा पठान टिमका महत्वपूर्ण सदस्य थिए।
उनले आफूलाई राष्ट्रिय टिम, प्रदेश टिम र फ्रेञ्चाइज टिममा डेब्यू गराउने कप्तानलाई धन्यवाद समेत दिएका छन्।
३८ वर्षीय पठानले भारतका लागि ५७ एकदिवसीय र २२ टी-२० खेलेका थिए। सन् २००७ मा पाकिस्तानविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका उनले पछिल्लो पटक २०१२ मा खेलका थिए।
उनले आइपिएल टिम कोलकता, राजस्थान र हैदरावादबाट खेले।