न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा अस्ट्रेलिया ६४ रनले विजयी भएको छ।
अघिल्लो दुई खेलमा लगातार जित हात पारेको सिरिजमा न्युजिल्यान्ड २-१ ले अघि रहेको अवस्था छ।
वेलिङटनमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा २०८ रनको विशाल योगफल तयार गर्यो।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ३१ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ७० रन जोडे भने कप्तान आरोप फिन्चले ४४ बलमा ६९ रन बटुले।
बलिङमा न्युजिल्यान्डले इश सोधीले २ विकेट लिए।
२०९ रनको को लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.१ ओभरमा १४४ रनमै अलआउट भयो।
न्युजिल्यान्डका लागि ओपनर मार्टिन गुपटिलले ४३ रन जोडे। डेभव कनवे ३८ रनमा आउट भए।
बलिङमा अस्ट्रेलियाका अस्टन अगरले ६ विकेट लिए। प्लेयर्स अफ दि म्याच भएका उनले ४ ओभरमा ३० रन खर्चिए।