काठमाडौं मेयर्स कपमा बागमती प्रदेशले पहिलो जित हात पारेको छ। सुरुवाती दुई खेलमा पराजित भएको बागमतीले आफ्नो तेस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २७ रनले हरायो।
सुरुवाती दुई खेलमा विजयी भएको एपिएफको भने यो पहिलो हार हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पहिले ब्याटिङ गरेको बागमतीले ६ विकेटको क्षतिमा २३३ रन जोड्यो। बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन जोडे भने अदिल खानले ३४ रन बटुले।
नन्दन यादवले नटआउट ६० रन बटुले। उनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
पारस खड्का २९ रन र इशान पाण्डेले ३१ रनको योदान दिए।
बलिङमा एपिएफका किशोर महतो र अमरसिंह रटेउलाले २-२ विकेट लिए।
२३४ रनको लक्ष्य पछ्याएको एपिएफ ४४.५ ओभरमा २०६ रनमा अलआउट भयो।
एपिएफका लागि आसिफ शेखले ५० रन जोडे भने शंकर राना २९ रनको योगदान दिए। अमरसिंह रटेउलाले २७ रन बनाउँदा सन्दीप जोराले २५ रन बनाए।
बलिङमा बागमतीका सोनु देवकोटाले ६ विकेट लिए। उनले १० ओभरमा ४१ रन खर्चिए।
रामनरेश गिरी र आरियो पौडेलले २-२ विकेट हात पारे।