पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल इंग्ल्यान्डको साउथह्याम्टनमा हुने भएको छ।
आगामी जुन १८ देखि २२ सम्म हुने फाइनल प्रतिस्पर्धामा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
फाइनल कोभिड-१९ को स्वास्थ्य प्रोटोकलको आधारमा हुनेछ।
यसअघि प्रतियोगिताको फाइनलमा लड्समा हुने भनिएको थियो।
तर खेलाडीहरुलाई अभ्यास गर्न र बस्नका लागि साउथह्याम्टन उपयुक्त हुने भएपछि लड्सबाट खेल सारिएको हो।
भारतले गत शनिबार सकिएको इंग्ल्यान्डविरुद्धको चार टेस्टको सिरिज ३-१ ले जित्दै फाइनलमा स्थान पक्का गरेको थियो।
टेस्ट च्याम्पियनसिपमा भारतको जितको प्रतिशत ७२.२ छ भने न्युजिल्यान्डको ७० प्रतिशत रहेको छ।