काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन्। भण्डारीले बागमती प्रदेशविरुद्धको खेलमा शतक प्रहार गरेका हुन्।
शतक प्रहार गर्ने क्रममा उनले ९७ बलमा ८ चौका र ५ छक्का प्रहार गरे।
भण्डारीले बागमती प्रदेशले दिएको २६७ रनको लक्ष्य पछ्याउने क्रममा भण्डारीले शतक हिर्काएका हुन्। भण्डारी ११९ रनमा आउट भए।
आर्मी भने ४७.१ ओभरमा २५६ रनमा आउट हुँदा १० रनले पराजित भयो।
फाइनलका लागि प्रतिस्पर्धा गरेका दुवै टिम खेल जारी रहदा फाइनल पुग्न असफल भएका थिए। किनभने अर्को खेलमा एपिएफले काठमाडौंलाई हराएर फाइनलमा स्थान बनाएको छ। जससँगै आर्मी र बागमतीको फाइनल पुग्ने लक्ष्य सकिएको हो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतील २ बल खेल्न बाँकी छदा २६६ रनमा अलआउट भयो।
बागमतीका अलराउन्डर पारस खड्काले शतक हिर्काएका थिए। उनले ११९ रन जोडे। नन्दन यादवले २५ बलमा नटआउट ४२ रन जोडे। उनले ५ चौका र १ छक्का हिर्काए।
बलिङमा आर्मीका सोमपाल कामीले ५ विकेट लिए।