पिवाइसी इन्टर कलेज टियू बिबिए क्रिकेट प्रतियोगिताको उपाधिका लागि आयोजक पब्लिक युथ क्याम्पस र केसिएमआइटीबीच प्रतिस्पर्धा हुने भएको छ।
दुवै टिमले मुलपानी भएको सेमिफाइनलका खेल जित्दै फाइनलमा स्थान पक्का गरेका हुन्।
सेमिफाइनलमा केसिएमआइटीले एनसिसी कलेजलाई ५४ रनले पराजित गर्यो।
केसीएमआइटीले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १५९ रन जोड्यो। उसका लागि अमित मण्डलले ४७ रन जोडे। बलिङमा एनसिसीका अजय यादवले ३ विकेट लिए।
१६० रनको लक्ष्य पछ्याएको एनसिसी १९.३ ओभरमा १०४ रनमा अलआउट भयो।
यता पब्लिक युथले सरस्वती कलेजमाथि १६६ रनको फराकिलो अन्तरको जित निकाल्दै उपाधि नजिक पुग्यो।
पहिले ब्याटिङ गरेको पब्लिक युथले २ विकेटको क्षतिमा २०७ रन जोड्यो। उसका सुशान्त सिंहले १४० रन नटआउट जोडे।
जवाफी ब्याटिङ गरेको सरस्वती ८.४ ओभरमा ४१ रनमै अलआउट भयो। उसका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन हान्न सकेनन्। बलिङमा पब्लिक युथका रविन साउदले ३ विकेट लिए।
फाइनल शुक्रबार मुलपानी मैदानमा हुनेछ।