राजधानीमा जारी काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा नेपाल पुलिसले अर्को विभागीय टोली एपिएफविरूद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा २९.४ ओभरमा अलआउट हुँदै मात्र १०५ रनमा समेटियो।
एपिएफलाई सस्तैमा रोक्न पुलिका लागि सागर ढकाल र गुनशन झाले समान ४-४ विकेट लिए। पवन सरार्फ र ललित राजबंशीले १-१ विकेट हात पारे।
खराब ब्याटिङ गरेको एपिएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाउँदा अमर रौटेला र सुनदिप झोराले समान १८-१८ रन बनाए। भुवन कार्की १४ र अभिनास बोहोराले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन्।