भारतले इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजका लागि राष्ट्रिय टिम घोषणा गरेको छ।
टिममा सूर्यकुमार यादव, क्रुनाल पाण्ड्या र प्रसिद्ध कृष्णले स्थान पाएका छन्। इंग्ल्यान्डविरुद्धको खेलमा मौका पाए तीन खेलाडीले एकदिवसीय खेलमा डेब्यू गर्नेछन्।
सूर्यकुमारले बिहीबार भएको डेब्यू टी-२० खेलमा ३१ बलमा ५७ रन प्रहार गरेका थिए। क्रुनालले भारतबाट १८ टी२० खेलिसकेका छन्। अब उनी एकदिवसीय खेलमा डेब्यूको पर्खाइमा छन्।
कर्नाटकाका तीव्र गतिका बलर कृष्णले भारतको राष्ट्रिय टिममा स्थान पाएको यो पहिलो पटक हो।
टिममा रिशव पन्त र केएल राहुल फर्किएका छन्। भुवनेश्वर कुमार पनि सन् २०१९ पछि टिममा फर्किएका छन्। चोटका कारण कुमार लामो समय मैदान बाहिर थिए।
तीन खेलको सिरिज आगामी २३ मार्चदेखि पुनेमा सुरु हुँदैछ।
भारतीय टिम
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, शुभमान गिल, श्रेयस इयर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, रिशत पन्त (विकेटकिपर), केएल राहुल (विकेटकिपर), युजभेन्द्र चाहल, कुलदिप यादव, क्रुनाल पाण्ड्या, वासिङटन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार, मोहमद सिराज, प्रसिद्ध कृष्ण, शार्दूल ठाकुर