इंग्ल्यान्डविरुद्धको टी-२० सिरिज भारतले जितेको छ। घरेलु टिम भारतले शनिबार भएको पाँचौ तथा निर्णायक खेलमा इंग्ल्यान्डलाई ३६ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो।
शनिबार पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा २२४ रन जोड्यो। उसका लागि कप्तान विराट कोहलीले नटआउट ८० रन जोड्दा ओपनर रोहित शर्माले ६४ रन बटुले।
सूर्यकुमार यादवले ३२ रन र हार्दिक पण्ड्याले नटआउट ३९ रन बटुले।
बलिङमा इंग्ल्यान्डका अदिल रासिद र बेन स्टोक्सले १-१ विकेट लिए।
२२५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ८ विकेटको क्षतिमा १८८ रन जोड्यो। उसका लागि जोस बटलरले ५२ रन र डविड मलानले ६८ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा भारतका भुवनेश्वर कुमारले २ विकेट लिए। प्लेयर अफ दि म्याच भएका उनले ४ ओभरमा १५ रन मात्र खर्चिए। शार्दूल ठाकुरले ३ विकेट हात पारे।
भारतका कप्तान विराट कोहली प्लेयर अफ दि सिरिज भए।