ललितपुर मेयर महिला च्याम्पियनसिप आगामी चैत २१ देखि २८ गतेसम्म हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता टी-२० फर्म्याटमा हुनेछ।
प्रतियोगितामा पाँच टिमले भाग लिनेछन्। जसमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टिमको सेमिफाइनलमा पुगेका चार टिम र राष्ट्रिय खेलाडी सम्मिलित अर्को टिम हुनेछ।
प्रधानमन्त्री कपमा प्रदेश १, एपिएफ, सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिडेका थिए। अब यी चार टिमसँगै मेयर ११ गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्रत्येक टिम एकआपसमा भिडेपछि अंक तालिकाको शीर्ष टिम र दोस्रो टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार, प्लेयर अफ दि सिरिजले २५६ हजार, उत्कृष्ट बलर र ब्याटरले १५-१५ हजार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार प्रदान गरिनेछ।
८ दिने प्रतियोगिताका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ।