ललितपुर मेयर महिला च्याम्पियनसिपको पहिलो खेलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल चैत २१ गते विहान ९ बजे सुरु हुनेछ। सोहि दिन सुदूरपश्चिम र ललितपुपर मेयर ११ बीच दोस्रो खेल हुनेछ।
प्रतियोगितामा पाँच टिमले भाग लिनेछन्। जसमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टिमको सेमिफाइनलमा पुगेका चार टिम र ललितपुर मेयर ११ रहेका छन्।
प्रत्येक टिम एकआपसमा भिडेपछि अंक तालिकाको शीर्ष टिम र दोस्रो टिमबीच उपाधिका लागि चैत २८ गते शनिबार प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार, प्लेयर अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याटरले १५-१५ हजार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार प्रदान गरिनेछ।
खेल तालिका