राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा रुपनी राइडर्स र बजाज खडक वारियर्स विजयी भएका छन्।
दिनको दोस्रो खेलमा खडक वारियर्सले बोदे बर्साईन थन्डर्सलाई ४१ रनले पराजित गर्यो।
वारियर्सले दिएको १८७ रनको लक्ष्य पछ्याएको बोदे बर्साईनले २० ओभरमा सबै विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो।
बोदे बर्साईनको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन बनाए । यस्तै अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र बिशाल सुसलिङले समान १४ रन तथा बसन्त रेग्मीले १३ रन बनाए।
बलिङमा वारियर्सका अनिल खरेलले सर्वाधिक ४ विकेट लिए। यस्तै भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले समान १ विकेट लिए।
पहिले ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ३ विकेट क्षतिमा १८६ रन बनाएको थियो।
वारियर्सको लागि ओपनिङ गरेका अनिल साहले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा अविजित १०० रन बनाए । उनले मात्र ५० बल सामना गर्दै ७ चौका र ८ छक्का प्रहार गरे। यस्तै कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिए।
बलिङमा बोदेका बसन्त रेग्मीले सर्वाधिक २ विकेट लिए। पप्पु यादवले १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।
खेलको प्लेयर अफ द म्याच अनिल साह चुनिए।
पहिलो खेलमा रुपनी राइडर्सले तिलाठी कोइलाडी जायन्टसलाई १५ रनले पराजित गर्यो।
राईडर्सले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्तोष कार्कीले २७ बलमा ३७ रन तथा दिपेश कंडेलले १५ बलमा २८ रन बनाए।
रुपनी राईडर्सको बलिंगमा अनिल यादव र सुमित झाले समान २ विकेट लिए। यस्तै सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षेतीमा १५३ रन बनाएको थियो।
रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर सुनिल धमलाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए। लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाए।
तिलाठी कोईलाडीको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। .राशिद खान र आदील अन्सारीले समान १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला चुनिए।