दाङको लमहीमा चैत तेस्रो सातादेखि बलियो नेपाल कप यु-१६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा प्रतियोगिता आयोजना हुने भएको हो।
बलियो नेपाल अभियानलाई बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसनमार्फत सहायता प्रदान गरेको छ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबीच अन्तरजिल्ला यु१६ क्रिकेट प्रतिस्पर्धा गराइनेछ। त्यसका लगि १२ वटै जिल्लामा बिहीबारदेखि छनोट प्रतियोगिता हुनेछ।
प्रतियोगिता आगामी चैत २१ देखि २८ सम्म संचालन हुनेछ।
छनोटपछि जिल्ला क्रिकेटका टिमलाई चार समूहमा विभाजन गरिनेछ।
प्रत्येक समूहका एक-एक टिम सेमिफाइनलमा पुग्नेछन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक वर्षसम्म क्रिकेट एकेडेमीमा सिक्ने अवसरका साथै र क्रिकेट किट प्रदान गरिनेछ।
आयोजकले जिल्लाका प्रशिक्षकहरुलाई लेभल ओ कोचिङ क्लास नि:शूल्क संचालन गरिने पनि जनाएको छ।