नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने भाइटलिटी ब्लास्ट टी-२० प्रतियोगिता खेल्ने भएका छन्।
सन् २००३ देखि आयोजना हुँदै आएको प्रतियोगिताको सिजन २०२१ का लागि सन्दीप वर्सेस्चरसाएर र्यापिड्समा आबद्ध भएका हुन्।
र्यापिड्सले सन्दीपसँग सन् २०२१ का लागि सम्झौता गरेको भन्दै सामाजिक सञ्जालमा लेखेको छ।
विश्वका विभिन्न देशका टी-२० लिग खेलिसकेका सन्दीपले इंग्ल्यान्डमा टी-२० लिग खेल्न लागेको यो पहिलो पटक हो।
यसअघि सन्दीप इंग्ल्यान्डको 'द हन्ड्रेस' क्रिकेट प्रतियोगिताको टिममा आबद्ध भएका थिए। 'द हन्ड्रेस' सन्दीप ओभल इन्भिसिबल्समा आबद्ध छन्।
भाइटिलिटी ब्लास्टमा तीन समूहमा प्रतिस्पर्धा हुने गरेको छ। सन्दीप आबद्ध र्यापिड सेन्ट्रल समूहमा छ। यो समूहमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।
भाइटिलिटी ब्लास्ट विश्वकै पहिलो व्यवसायिक टी-२० हो।