इंग्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतका केएल राहुलले शतक प्रहार गरेका छन्।
पुनेमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारतका लागि राहुलले १०८ रन जोडेका हुन्। यो उनको एकदिवसीय खेलमा पाँचौ शतक हो। उनले ११४ बलको सामना गर्दा ७ चौका र २ छक्का हिर्काए।
राहुलको शतकमा भारतले इंग्ल्यान्डलाई ३३७ रनको लक्ष्य दिएको छ। भारतले ५० ओभरमा ६ विकेटको क्षतिमा ३३६ रन जोड्यो।
भारतका ओपनर रोहित शर्मा २५ रन र शिखर धवन ४ रनमा आउट भएका थिए।
कप्तान विराट कोहलीले ६६ रन जोडे। उनले ७९ बलमा ३ चौका र १ छिक्का प्रहार गरे। कोलहीको यो एकदिवसीय खेलमा लगातार चौथो अर्धशतक हो।
रिशव पन्तले ४० बलमा ७७ रन बनाए। उनले ३ चौका र ७ छक्का हिर्काए।
हार्दिक पाण्ड्याले १६ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३५ रन जोडे भने क्रुनाल पाण्ड्याले नटआउट १२ रन जोडे।
बलिङमा इंग्ल्यान्डका टम कुरान र रेस टोपले २-२ विकेट लिए। साम कुरान र अदिल रासिदले १-१ विकेट हात पारे।
यसअघि पहिलो एकदिवसीय खेलमा भारत विजयी भएको थियो।