बलियो नेपाल कप यु-१६ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा प्युठान र दाङबीच खेल हुने भएको छ। दाङको लमहीमा हुने प्रतियोगिताको पहिलो खेल विहान ९ बजेदेखि हुनेछ।
सोही दिन नवलपरासी र पाल्पाबीच खेल हुनेछ। क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो।
बलियो नेपाल अभियानलाई बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसनमार्फत सहायता प्रदान गरेको छ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबीच अन्तरजिल्ला यु१६ क्रिकेट प्रतिस्पर्धा हुँदैछ। त्यसका लगि १२ वटै जिल्लामा बिहीबारदेखि छनोट प्रतियोगिता गरिएको थियो।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक वर्षसम्म क्रिकेट एकेडेमीमा सिक्ने अवसरका साथै र क्रिकेट किट प्रदान गरिनेछ।
आयोजकले जिल्लाका प्रशिक्षकहरुलाई लेभल ओ कोचिङ क्लास नि:शूल्क संचालन गरिने पनि जनाएको छ।