पहिलो संस्करणको ललितपुर मेयर कप महिला टि-२० क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेबाट सुरू हुनेछ।
आजै हुने दोस्रो खेलमा ललितपुर मेयर्स–११ ले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । उक्त खेल दिउँसो १ बजे हुनेछ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा पाँच टिमको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ।
उपविजेता टोलीले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन् । हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।