आइपिएल टिम दिल्ली क्यापिटल्सका स्पिनर अक्षर पटेललाई कोरोना भाइरसको संकमण भएको छ।
जसका कारण उनी आइसोलेसनमा बसेका छन्। सिजनको आइपिएल आगामी शुक्रबारदेखि सुरू हुँदैछ।
२७ वर्षीय स्पिनर अक्षरले पछिल्लो पटक इंग्ल्यान्डविरुद्धको टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले टेस्ट सिरिजमा चार पटक पाँच विकेट हात पारेका थिए।
आइपिएल सुरु हुनुअघि अक्षरलाई कोरोना लागेको दिल्ली पुष्टि गरेको छ।
दिल्लीले गत २८ मार्चमा नेगेटिभ नतिजा आएपछि अक्षर टिममा आबद्ध भएको जनाएको छ। तर दोस्रो टेस्टमा उनलाई कोरोनाको पोजेटिभ देखिएको थियो।
दिल्लीले आफ्नो पहिलो खेल आगामी शनिबार चेन्नई सुपरकिंग्ससँग मुम्बईमा खेल्दैछ।
यसअघि मुम्बईको ग्राउन्ड स्टाफको कोरोना परीक्षण गर्दा १० जनालाई पोजेटिभ आएको थियो।
आइपिएलमा सहभागी आठ टिमले प्रतियोगिता सुरु भएदेखि नै कडा स्वास्थ्य प्रोटोकल पालना गरिरहेका छन्।