ललितपुर मेयर महिला च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई ३७ रनले पराजित गर्यो। यसअघि शनिबार एपिएफले प्रदेश १ लाई हराएको थियो।
एपिएफले दिएको १२८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १९ ओभरमा ९० रनमा अलआउट भयो।
सुदूरपश्चिमका लागि सुनिता लुहारले २३ रन जोड्दा डोली भट्टाले १६ रन र रेवती धामीले १२ रन बनाए।
बलिङमा एपिएफका बिनु बुढाले ३ विकेट लिए भने सुमन विष्ट र कप्तान सीता रानामगरले २-२ विकेट लिए।
त्यसअघि एपिएफले २० ओभरमा २ विकेटको क्षतिमा १२७ रन जोड्यो।
एपिएफका लागि ओपनर ज्योती पाण्डेले ५९ रन जोडिन्। उनले ५० बलमा ७ चौका हिर्काइन्।
कप्तान सीता १६ रनमा आउट हुँदा सरिता मगरले ४२ बलमा नटआउट ३५ रन जोडिन्।
बलिङमा सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १-१ विकेट लिए।