ललितपुर मेयर महिला च्याम्पियनसिपमा प्रदेश एकले जित हात पारेको छ। सोमबार भएको खेलमा प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो।
लुम्बिनीले दिएको १०५ रनको लक्ष्य प्रदेश एकले बिनाविकेटको क्षतिमा १३.२ ओभरमा पूरा गर्यो।
प्रदेश एकको जितमा काजल श्रेष्ठले नटआउट २५ रन र कप्तान रुबिना क्षेत्रीले नटआउट ६८ रन बनाए। रुबिनाले ४९ बलमा १२ चौका र १ छक्का हिर्काइन्।
त्यसअघि लुम्बिनीले २० ओभरमा २ विकेटको क्षतिमा १०४ रन जोड्यो। लुम्बिनीका लागि सरस्वती जिएमले नटआउट ५० रन जोडिन्। उनले ६६ बलमा ५ चौका हिर्काइन्।
कप्तान नेरी थापाले १५ बलमा ३ चौकाको मद्दतमा नटआउट ५० रन जोडिन्। नितु भण्डारीले १८ रन र बर्षा राना शून्यमा आउट भए।
बलिङमा प्रदेश एककी सबनम राईले एक विकेट लिइन्। लुम्बिनीको यो लगातार दोस्रो हार हो भने प्रदेश एकको पहिलो जित हो।