सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश ललितपुर मेयर महिला च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन्।
बिहीबार भएको खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ४० रनले हरायो। जससँगै एपिएफ लिग चरणमा अपराजित रह्यो।
एपिएफले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २ विकेटको क्षतिमा १०२ रन मात्र जोड्न सक्यो। उसका लागि लक्ष्मी चौधरीले ३५ रन जोडिन्।
त्यसअघि एपिएफले ६ विकेटको क्षतिमा १४२ रन जोड्यो। उसका लागि ममता चौधरीले ४७ रन र कप्तान सीता रानामगरले २८ रन जोडे।
अब उपाधि भिडन्त आगामी शनिबार हुनेछ। समूह चरणमा एपिएफले सबै ४ खेल जित्दा सुदूरपश्चिमले ३ खेलमा जित हात पार्दै फाइनलमा स्थान बनाए।
प्रदेश एक र ललितपुर मेयर्स ११ ले समान एक एक खेलमा जित हात पारे। लुम्बिनी भने सबै खेलमा पराजित भयो।