आइपिएल टिम चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई जरिवाना गरिएको छ।
आइपिएलले धोनीलाई 'स्लो ओभर रेट' का कारण १२ लाख रुपैयाँ भारु जरिवाना गरेको हो।
शनिबार राति मुम्बईको वाङखाडे रंगशालामा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा धोनीले सुस्त गतिमा खेल अघि बढाएको आइपिएलको भनाइ छ।
आइपिएलको कोड अफ कन्डक्टमा यो सिजन एक इनिङ्ग्सको खेल ९० मिनेटमा सक्नु पर्ने नियम छ।
चेन्नईले सुस्त गतिमा अघि बढाएको खेलमा ७ विकेटको हार बेहोरेको थियो।
पहिले ब्याटिङ गरेको चेन्नईले ७ विकेटको क्षतिमा १८८ रन जोडेको थियो।
दिल्लीले १८९ रनको लक्ष्य १८.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो।
दिल्लीको जितमा ओपनरद्वय पृथ्वी शाले ७२ रन र शिखर धवनले ८५ रन जोडेका थिए।