नेपाल क्रिकेट संघ (क्यान) का पूर्वउपाध्यक्ष दिवाकर घलेले आफ्नो नाममा पेश्की बाँकी नरहेको बताएका छन्।
घलेले सोमबार विज्ञप्तिमार्फ एक अनलाइन न्यूज पोर्टलमा आफूले पेश्की फर्स्यौट नगरेको भन्ने समाचारको खण्डन गर्दै गम्भिर ध्यानाकर्षण भएको समेत जनाएका छन्।
'क्यानको पदाधिकारीको रूपमा काम गर्दा यसअघि नै मैले क्यानकै कामका लागि लिएको रकम आर्थिक वर्ष २०७१/७२ को अडिट रिपोर्टमै फर्स्यौट गरिसकेको छु। उक्त अडिट रिपोर्टलाई क्यानको साधारण सभा र बोर्ड बैठकले समेत पारित गरी २०७७-०६-०६ मा विज्ञप्तिमार्फत सबैलाई जानकारी समेत गराएको थियो। उक्त अडिट रिपोर्ट इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) मा समेत पठाइ सकिएको छ। त्यसपछिको अवधिमा क्यानसँग मेरो कारोबार नभएकाले पेश्की बाँकी रहने अवस्था भएन,' विज्ञप्तिमा भनिएको छ।
'सार्वजनिक रूपमा आइसकेको सूचनालाई समेत बेवास्त गरी व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले समाचारमा मेरो नाम जोडेको महसुस गरेको छु।'
महावीर क्लबका अध्यक्ष घले क्यानको अघिल्लो कार्यसमितिको निर्वाचित उपाध्यक्ष हुन्।
यस्तो छ विज्ञप्ती