आइपिएल क्रिकेटमा पञ्जाब किंग्सले राजस्थान रोयल्समाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ।
सोमबार राति मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेटको गुमाएर २२१ रन जोडेको थियो।
जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन मात्र जोड्न सक्यो।
कूल ४३८ रन बनाएको खेलमा राजस्थानका कप्तान सञ्जु सामसनले शतक प्रहार गरे। उनले ६३ बलमा १२ चौका र ७ छक्काको मद्दतमा ११९ रन जोडेका थिए। तर पनि राजस्थानलाई जितका लागि पर्याप्त हुन सकेन।
अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १३ रन चाहिएको थियो। त्यो अवसाथमा पञ्जाबका क्रिस मोरिस र सामसन ब्याटिङमा थिए। पञ्जाबका लागि अर्शदीप सिंहले बलिङ गरेका थिए।
पहिलो तीन बलमा दुई रन जोडेको पञ्जावका लागि चौथो बलमा सामसनले छक्का प्रहार गरे। पाँचौ बल डट हुँदा अन्तिम बलमा जितका लागि ५ रन चाहिएको थियो। जसमा सामसन क्याच आउट भए।
राजस्थानका लागि सामसनबाहेक रियग पराग र जोस बटलरले २५-२५ रन जोडे।
बलिङमा पन्जाबका अर्शदीपले ३ विकेट र मोहमद सामीले २ विकेट हात पारे।
त्यसअघि पञ्जावका लागि कप्तान केएल राहुलले ५० बलमा ९१ रन, ग्रिस गेलले २८ बलमा ४० रन र दीपक हुडाले २८ बलमा ६४ रन जोडेका थिए।
बलिङमा राजस्थानका चेतन सकारियाले ३ विकेट लिँदा क्रिस मोरिसले २ विकेट हात पारे।