भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले राष्ट्रिय खेलाडीहरूको सन् २०२०/२१ का लागि केन्द्रीय अनुबन्ध घोषणा गरेको छ ।
बीसीसीआईले बिहिबार २८ खेलाडीलाई विभिन्न समूहमा विभाजन गर्दै सन् २०२० अक्टुबरदेखि २०२१ को सेप्टेम्बरसम्म लागू हुने गरी अनुबन्ध घोषणा गरेको हो।
२८ खेलाडीलाई बीसीसीआईले चार समूहमा वर्गीकरण गरेको छ। वर्गीकरणअनुसार खेलाडीले फरकफरक पारिश्रमिक पाउने छन् ।
‘ए प्लस’ ग्रेडका खेलाडीले वार्षिक सात करोड भारू, ‘ए’ ग्रेडकाले पाँच करोड तलब पाउने छन्। यस्तै, ‘बी’ ग्रेडमा समावेश हुने खेलाडीले वार्षिक तीन करोड र ‘सी’ ग्रेडका खेलाडीले एकएक करोड भारु पाउने छन् ।
यो पटक ‘ए प्लस’ मा तीन, ‘ए’ ग्रेडमा १०, ‘बी’ ग्रेडमा पाँच र ‘सी’ ग्रेडमा १० खेलाडीलाई परेका छन्।
यो पटक बीसीसीआईले केन्दीय अनुबन्धबाट केदार जाधव, मनिष पाण्डेलाई बाहिर राखेको छ।
कुन समूहमा को को
- ‘ए प्लस’ - विराट कोहली, रोहित शर्मा र जसप्रीत बुमराह।
- ‘ए’ - आर आश्निन, रवीन्द्र जडेजा, चेतेश्वर पुजारा, अजिंका रहाणे, शिखर धवन, केएल राहुल, मोहम्मद शामी, इशान्त शर्मा, ऋषभ पन्त र हार्दिक पाण्ड्या ।
- ‘बी’- ऋद्धिमान साह, उमेश यादव, भुवनेश्वर कुमार, शार्दुल ठाकुर र मयंक अग्रवाल ।
- ‘सी’- कुलदीप यादव, नवदीप सैनी, दीपक चाहर, शुभमन गिल, हनुमा विहारी, अक्षर पटेल, श्रेयस अय्यर, वाशिङ्टन सुन्दर, युजवेन्द्र चहल र मोहम्मद सिराज।