काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।
त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
नेपालले बलिङ रोजेपछि नेदरल्यान्ड्सले सुरूआतमा ब्याटिङ गर्ने भएको छ। आज नेपाल जित निकाल्दै सिरिजमा सुखद सुरूआत गर्न चाहन्छ ।
नेदरल्यान्ड्स पनि जितसहित सिरिजको उद्घाटन गर्न चाहन्छ।
नेपालले सिरिजको दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्नेछ। यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ।
यस्तै अन्तिम लिग खेलमा नेपालले वैशाख ९ गते मलेसियासँग खेल्नेछ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।
प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ।
नेपालले दोस्रो खेलमा मलेसियासँग वैशाख ६ मा खेल्नेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ ।
यस्तै, नेपालले अन्तिम लिग खेल वैशाख ९ गते मलेसियासँग खेल्नेछ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।
प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ।
यसैबीच नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी २० सिरिजका लागि सीमित दर्शकलाई मात्र प्रवेश गराएको छ।
कोरोनाका कारण स्वास्थ्य मन्त्रालयले नै खेलकुदमा भिडभाड नगर्ने सूचना जारी गरिसकेको अवस्थामा प्रतियोगिताका बेला सीमित दर्शकलाई प्रवेश गराउने क्यानका जनरल म्यानेजर रौनक मल्लले बताए।
क्यानले यो प्रतियोगिताका लागि टिकटको मूल्य एक सय ५० रुपैयाँ राखिएको छ भने अनलाइनबाट टिकटको विक्री गरेको छ।