काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।
त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
नेपालले चौथो सफलता सफलता पाएको छ। नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका हुन्।
उनले आफ्नो स्पेलको अन्तिम ओभरको अन्तिम बलमा बास डे लिडेको विकेट लिएका हुन्।
४९ बलमा ४१ रन बनाएका लिडेलाई कुसल भुर्तेलले उत्कृष्ट क्याच गरेका हुन्।
यसअघि नेपालका लागि डेब्यू गरिरहेका साहब आलमले विकेट लिँदै तेस्रो सफलता दिलाएका थिए।
उनले तेह्रो ओभरको चौथो बलमा ३० रन बनाएर खेलिरहेका नेदरल्यान्ड्सका ओपनर स्कर्ट एडवार्डसलाई आरिफ शेखको हातबाट क्याच आउट गराए।
योसँगै ओपनर स्कर्ट एडवार्डस र बास डी लिडेबीचको ६१ रनको पार्टनरसीप पनि तोडिएको छ।
यसअघि नेदरल्यान्ड्सले सुरूआती ३ ओभरमा २ विकेट गुमाएको थियो।
दोस्रो ओभरको अन्तिम बलमै ओपनर म्याक्स ओडोवडलाई स्पिनर सन्दीप लामिछानेले १० रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए।
सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरूआत दिलाएका हुन्।