कुशल भुर्तेलले नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेको खेलमै सर्वाधिक रन प्रहार गर्ने कीर्तिमान बनाएका छन्।
त्रिदेशीय कप अन्तर्गत शनिबार त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्धको खेलमा कुशलले अर्धशतक हानेका हुन्।
उनी १३औं ओभरमा ६२ रन बनाएर आउट भए। उनले ४६ बलमा ५ चौका र ५ छक्का हिर्काएर आउट।
यसअघि डेब्यूमै अर्धशतक बनाउने कीर्तिमानसहित सर्वाधिक रन सन्दीप जोराको नाममा थियो। उनले नटआउट ५३ रन जोडे।
उनीसँगै डेब्यू गरेका आसिफ शेख नटआउट ५४ रन जोडे।
खेलमा नेपालले ९ विकेटको जित हात पार्यो।
खेलमा नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो। उसका लागि बास डी लिडले सर्वाधिक ४१ रन बनाए।
यस्तै स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए।
बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए।
उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे। त्यस्तै, साहब आलम र सोमपाल कामीले एक-एक विकेट लिए।