आइपिएलमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ। आइतबार राति भएको खेलमा दिल्लीले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १९५ रन जोड्यो। पन्जाबका लागि ओपनर तथा कप्तान केएल राहुलले ६१ रन र मंयक अग्रवालले ६९ रन बनाए।
१९६ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमै ४ विकेटको क्षतिमा पार गर्यो। दिल्लीका लागि शिखर धवनले ९२ रन जोड्यो। उनले ४९ बलमा १३ चौका र २ छक्का हिर्काए।
मर्कस स्टोइनिसले नटआउट २७ रन र ललित यादवले नटआउट १२ रन जोडे।
आइपिएलमा बेंग्लोर ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको दिल्लीको ३ खेलबाट ४ अंक छ।