त्रिदेशीय कप टी-२० सिरिजअन्तर्गत मलेसियाविरूद्धको खेल टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।
त्रिवि मैदानमा हुने खेलमा नेपालले टिममा एक परिवर्तन गरेको छ।
आरिफ शेखको स्थानमा युवा ब्याट्सम्यान कुशल मल्ललाई ल्याइएको छ।
खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा सवा एक बजे सुरू हुँदैछ।
सरकारले सोमबारदेखि लागू हुने गरी रंगशालामा दर्शकलाई प्रवेश निषेध गरे पनि अहिले त्रिवि मैदानमा दर्शकको उपस्थिति छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले सरकारको निर्णय पालना गर्दै दर्शकलाई प्रवेश नदिने बताएका थिए।