राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत तेस्रो खेलमा नेपाल र मलेसिया खेलिरहेका छन्। त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले आफ्नो चौथो विकेट गुमाएको छ।
चौथो विकेटका रूपमा ओपनर सायद अजिज आउट भए। उनलाई दीपेन्द्र सिंह ऐरीले आठौं ओभरको पाँचौ बलमा आशिफ शेखको हातबाट क्याच आउट गराए।
अजिजले आउट हुनुअघि २४ बल खेल्दै ४ चौका र १ छक्का सहित २७ रन बनाए।
यसअघि तेस्रो विकेटका रूपमा मलेसियाका भिरेन्दिप सिंहले ११ बलमा ६ रन बनाउँदै आउट भएका थिए।
उनलाई सातौं ओभरको अन्तिम बलमा सोमपाल कामीले बोल्डआउट गरेका थिए।
यसअघि करन केसीले पहिलो विकेट लिएका थिए भने मलेसियाले दोस्रो विकेट रनआउटबाट गुमाएको छ।