राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।
त्रिवी क्रिकेट मैदानमा मंगलबार नेपालले टस जितेर पहिले ब्याटिङ थालेको नेपालले दोस्रो विकेट गुमाएको छ।
कप्तान ज्ञानेन्द्र मल्ल १४ बलमा २० रन बनाएर आउट भए। सातौं ओभरको अन्तिम बलमा मल्ल नेदरल्याण्डका कप्तान पिटर सिलरले विकेट लिए।
यसअघि दोस्रो ओभरको अन्तिम बलमा भिभियन किङ्माले ओपनर आसिफ शेखलाई शुन्यमै आउट गरेका थिए। ४ बल खेलेका उनले आज खाता खोल्नै पाएनन्।
यसअघि आफ्नो पहिलो खेलमा नेदरल्याण्डविरूद्ध नै डेब्यु गरेका उनले अर्धसतक बनाएका थिए भने दोस्रो खेलमा मलेसियाविरूद्ध ४२ रनमा आउट भएका थिए।
नेदरल्यान्ड्समाथि जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। सिरिजको दुबै खेल जितेको नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्डलाई नै ९ विकेटले हराएको थियो। दोस्रो खेलमा हिजो मलेसियालाई पनि समान ९ विकेटले हरायो।
मंगलबारदेखि त्रिवि मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ। सरकारले कोरोना भाइरसका कारण रंगशालामा दर्शकसहितको खेल गराउन प्रतिबन्ध लगाएपछि नेपालले आफ्नो तेस्रो खेल दर्शकबिना खेल्नु पर्ने भएको हो।
यसअघि तीन वटा खेलमा भने दर्शकलाई प्रवेश दिइएको थियो।
नेदरल्यान्ड्सले भने मलेसियलाई १५ रनले पराजित गरेको थियो। सिरिजमा नेपालले लिगको अन्तिम खेल पर्सी बिहीबार खेल्नेछ।
सिरिजमा शीर्ष दुई टिमबीच आगामी शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।