नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको विशाल लक्ष्य दिएको छ। राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत मंगलबार नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैं २०६ रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए। भुर्तेलले ६२ रन बनाउँदा ऐरीले ६० रन जोडे।
टी-२० मा नेपालको यो दोस्रो ठूलो उच्च स्कोर हो। यसअघि सन् २०१९ मा भुटानविरुद्ध बनाएको २३६ रन नेपालको टी-२० को उच्च स्कोर हो।
ओपनर कुशल भुर्तेलले ४६ बल खेल्दै ८ चौका र १ छक्काको मद्धतमा सर्वाधिक ६२ रन बनाएका थिए। ४१ बलमा अर्धसतक बनाएका भुर्तेलले लगातार तीन अर्धशतक प्रहार गरे।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३० बलमा ३ चौका र ५ छक्कासहित आक्रामक ६० रनको योगदान दिए । दीपेन्द्रले २८ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए।
दोस्रो ओभरको अन्तिम बलमा आसिफ शेफ शून्यमा आउट भएपछि दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ४३ रनको साझेदारी गरेका थिए। कप्तान मल्लले २० रन जोडे। ज्ञानेन्द्रले १४ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।
तेस्रो विकेटका लागि दीपेन्द्र र कुशल भुर्तेलले ७८ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल बनाएको हो । कुशल मल्ल ७ बल खेल्दै ३ छक्कासहित १८ रन जोडे।
सोमपाल कामी १३ बलमा २ चौका र १ छक्का सहित २१ रनमा अविजित रहँदा। विनोद भण्डारी ७ रनमा अविजित रहे।
नेदरल्याण्ड्सका लागि कप्तान पिटर शिलारले २ विकेट लिए। भिभिन किंग्मा, आर्यन दत्त र बास डी लिडले १–१ विकेट लिए