आइपिएल क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ। बुधबार चेन्नईमा भएको खेलमा हैदरावादले पञ्जाब किंग्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो।
पञ्जाबले दिएको १२१ रनको झिनो लक्ष्य हैदरावादले एक विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि जोनी वायस्टोले नटआउट ६३ रन जोडे। उनले ५६ बलमा समान ३-३ चौका र छक्का प्रहार गरे।
कप्तान तथा ओपनर डेभिड वार्नरले ३७ रन जोड्दा केन विलियमसनले १६ रनको योगदान दिए।
त्यसअघि पञ्जाब २ बल खेल्न बाँकी छदा १२० रनमै अलआउट भयो।
पञ्जाबका लागि मंयक अग्रवाल र शाहरुख खानले समान २२-२२ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
पञ्जाबलाई सस्तोमा रोक्न हैदरावादका खालील अहमेदले ३ विकेट लिए।
अभिषेक शर्माले २ विकेट लिँदा भुवनेश्वर कुमार, सिद्धार्थ कउल, विजय शंकर र रासिद खानले १-१ विकेट हात पारे।