नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले आठौं विकेट गुमाएको छ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन्। सन्दिपले १६औं ओभरको पहिलो बलमा मलेसियाका लागि ९ बलमा १४ रन बनाएर खेलिरहेका फित्री सामलाई आफैंले क्याच गर्दै आफ्नो व्यक्तिगत दोस्रो विकेट लिए भने सोही ओभरको पाँचौ बलमा आइनुल हाफीजलाई बोल्ड गर्दै आफ्नो तेस्रो विकेट पुरा गरेका हुन्।
यसअघि सन्दीपले १४औं ओभरको तेस्रो बलमा मलेसियाका लागि १८ बलमा आक्रमक ४१ रन बनाएर खेलिरहेका अमिनुद्दीन राम्लीलाई सोमपा कामीको हातबाट क्याच आउट गराएका हुन्।
सन्दीपको यो सँगै ४५ औं अन्तर्राष्ट्रिय विकेटसमेत हो।
आफ्नो १०० औं खेल खेलिरहेका लामिछाने आज पनि केही महङ्गो भइरहेका छन्। आफ्नो ४ ओभरमा ४२ रन दिएर ३ विकेट लिए। उनले आज ३ छक्का र ३ चौका दिएका थिए।
यसअघि डेब्यू गरिरहेका कमल सिंह ऐरीले एकै ओभरमा दुई विकेट लिएका थिए।
ऐरीले नवौं ओभरको दोस्रो बलमा सर्बिन मुनिन्डेलाई एलबिडब्लुको सिकार बनाए भने अन्तिम बलमा वीरेन्दिप सिंहलाई आसिफ शेखको हातबाट क्याच आउट गराए।
त्ययसअघि नेपालका लागि सोमपाल कामी २ र सुशन भारीले १ विकेट लिएका थिए।
सुशन भारीले विकेट लिएका हुन्। उनले आठौं ओभरको दोस्रो बलमा मलेसियाका लागि २१ बलमा ३१ रन बनाएर खेलिरहेका अहमद फैंजलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।
यसअघि सोमपाल कामीले २ विकेट लिएका थिए।
कामीले आफ्नो स्पेलको पहिलो र दोस्रो ओभरमा समान १-१ विकेट लिएका थिए।
कामीले पहिलो ओभरको चौथो बलमा मलेसियन ओपनर सायद अजिजलाई एलबीडब्लुको धरापमा पारे। अजिजले ४ बल खेलेर १ चौकासहित ४ रन बनाएका थिए।
यस्तै आफ्नो दोस्रो ओभरमा पनि कामीले विकेट लिएका थिए। उनले तेस्रो ओभरको तेस्रो बलमा मलेसियाका अर्का ओपनर अनवार अरूदिनलाई करन केसीको हातबाट क्याच आउट गरे। ओपनर अनवारले ७ बल खेलेर १ चौकासहित ६ रन बनाए।
***
यसअघि करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको छ ।
नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्को मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आँकडा पार गरेको थियो।
डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।
तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए ।
२५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए ।
उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।